बुहारीले ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु

news

ओखलढुंगा, माघ २४ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति आफ्नै बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ ।

ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

राती ९ बजेको समयमा अंशबण्डाको विषयमा वादविवाद हुँदा गुरुङलाई आफ्नै बुहारी बर्ष ३० की तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली गई ढुंग्री प्रहार गर्ने गुरुङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया