सातवटै प्रदेशबाट श्रम स्विकृती सुरु

news

काठमाडौं । सात वटै प्रदेशबाट श्रम स्विकृती सुरु भएको छ । बुधबार प्रदेश १ को विराटनगर स्थित वैदेशिक रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति दिन थालिएसंगै अब सातै प्रदेशबाट यो सेवा शुरु भएको हो ।

यो संगै वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृतिका लागि काठमाण्डौं नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रदेश स्तरबाट श्रम स्विकृती दिन थालिएसंगै काठमाडौंमा श्रम स्विकृती लिनेहरुको संख्यामा पनि कमी आएको कार्यालयले जनाएको छ ।

हाल एकपटक विदेश गएर काम गरेकाहरुलाई पुनः श्रम स्वीकृति प्रदेशस्तरमा दिन थालिएको हो ।

कार्यालयले नयाँ श्रम स्विकृतीको लागी पनि पुर्वाधारको तयारी गरिरहेको र अब छिट्टै नै नयाँ श्रम स्विकृतीको लागी पनि काम गर्ने कार्यालयका निर्देशक सुरेश जोशीले जानकारी दिएका छन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...