प्रदेश ५ मा खरिद गरिएका गाडीमा अनियमितता

news

बुटवल । प्रदेश नम्बर पाँचमा खरिद गरिएका गाडीमा अनियमितता भएको ठहर भएको छ ।

सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकले प्रदेश नं. ५ प्रदेश सचिवालय र प्रदेशसभाले खरिद गरेका सवारी साधनमा लाखौ रुपैयाँ अनियमिता भएको सार्वजनिक ठहर गरेको हो ।

लेखा समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिँदै टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्याधिक नाफा खाएको र उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न निर्देशन दिएको छ ।

समितिले माघ २९ गते बस्ने प्रदेशसभा बैठकमा प्रतिबेदन प्रस्तुत गर्नेछ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...