अमेरिकी राहत सामाग्रीका लागि बाटो खुलाएरै छाड्ने विपक्षी नेताको प्रतिज्ञा

news

भेनेजुएला, माघ २७ । भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।

गुइडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए । अमेरिकाले गुइडोको आग्रह स्वीकार गर्दै मानवीय सहायताका सामग्री पठाएको भए पनि सीमा क्षेत्रमै रोकिएको छ ।

राष्ट्रपति निकोलस मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेपछि त्यस्ता सामग्री सीमा क्षेत्रमै रोकिएको हो । भेनेजुएलाका सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेपछि अमेरिकासहितका देशबाट आएको सहायता रोकिएको हो ।

तर, गुइडोले भने मानवीय सहायता सामग्री आउनका लागि मार्ग रोक्न नहुने र त्यसका लागि सहयोग गर्न स्वयंसेवकसँग आग्रह गरेका छन् ।

गुइडोले सहायता सामग्री आउँदो हप्तासम्ममा वितरण थालिने दाबी गरेका छन् । सरकारी अधिकारीले भने सीमा सुरक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको बताएका छन् ।

गुइडोलाई समर्थन गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको इन्धन खानीमा आफ्नो पकड जमाउन ध्यान दिएको सरकारी अधिकारीको आरोप छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया