३६० किलो चरेससहित तीनजना पक्राउ

news

धादिङ, माघ २७ । धादिङको गजुरीबाट ३६० किलो लागू औषध चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको हो । प्रहरीले भारत मोतीहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ ।

भारत लैजान लागेको अवस्थामा चरेश नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २३५ केजी चरेस बरामद गरेको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया