बिएण्डसी अस्पतालले विद्यालय भवन निर्माण गरिदिने

news

झापा । झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले फरक क्षमता भएका बालबालिकाहरुलाई अध्यनका लागि भवन निर्माण गरिदिने भएको छ ।

बिर्तामोड नगरपालिका २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्यनरत २२ जना फरक क्षमता भएका बालकालिकाहरुलाई अध्ययन गर्न छुट्टै सुबिधासम्पन्न चारतले पक्की भवन निर्माण गरिदिने बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । 

मोहनमायाँ माध्यमिक विद्यालयको हातामा निर्माण गर्न लागिको भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रसाईले विद्यालयमा अध्यनरत विद्याथीहरुको दयनिय अवस्था भएकाले र विद्यालयमा भाैितक अवस्थाको अभाव भएका कारण भवन निर्माण गर्न लागेको जानकारी दिए । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...