सरकारलाई काम गर्न नदिने षड्यन्त्र भइरहेको छः मन्त्री अधिकारी

news

काठमाडौ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले सरकारलाई काम गर्न नदिने षड्यन्त्र भई रहेको बताएका छन् ।

आज काठमाडौमा भएको एक कार्यक्रममा उनले कम्युनिष्ट सरकारलाई काम गर्न नदिए पनि परिवर्तन यही सरकारबाट मात्र सम्भव हुने जिकिर गरे ।

मन्त्री अधिकारीले सरकारले गरेका राम्रा कामको पनि विरोध हुने गरेको भन्दै विरोधबाट परिवर्तन सम्भव नरहेको बताए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि सम्भव हुने भएकाले यस क्षेत्रका लागि व्यवस्थित ढंगबाट योजना बनाउने जानकारी दिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया