जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु सक्रिय भएका छन्ः प्रधानमन्त्री

news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु सक्रिय रहेकाले सचेत रहन आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले जन अपेक्षाअनुसार काम गर्ने आधार तयार भैरहेका बेला निरास बनाउने प्रयास अनुचित र अनुपयुक्त भएको बताए ।

प्रधानमन्त्री ओलीले चैत्र दोस्रो साता हुने लगानी सम्मेलन भाडेर वैदेशिक लगानी भित्रन निदिने षड्यन्त्र भैरहेको जिकिर पनि गरे ।

उनले अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने कार्य आतंककारी गतिविधि भएको उल्लेख गर्दै यसलाई सरकारले नसहने स्पष्ट पारे । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया