महरले दिए नेविसंघ अध्यक्षबाट राजीनामा

news
फाइल तस्वीर ।

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै सोमबारै राजीनामा स्वीकृत गरेका छन् ।

संघको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् ।

संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।

त्यसपछि दुईपटक गरी पाँच महिना समयावधि थप भएको थियो ।

यसअघि, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संघको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाइ महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

अध्यक्ष महरको राजीनामा स्वीृकत भएसँगै संघको महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...