आइसीसी वरीयतामा नेपाली खेलाडीको सुधार

news
फाइल तस्वीर । रमन शिवाकोटी ।

काठमाडौं, माघ २८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले सोमबार सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरीयता सुधार गरेका छन् ।

यसै महिना संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न युएईविरुद्धको तीन खेलको टी–२० सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ९०औं स्थानमा उक्लेका छन् । अघिल्लो महिना कप्तान खड्का ९६औं स्थानमा थिए ।

त्यसैगरी, अलराउन्डतर्फ कप्तान खड्का ४०औं स्थानमा रहेका छन् ।

त्यस्तै, नयाँ वरीयताको बलिङतर्फ सोमपालले २३औं स्थान सुधार गर्दै ७०औं स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औं स्थानमा थिए । सोमपाल अलराउन्डरतर्फ भने ५१औं स्थानमा छन् ।

बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औं स्थानमा उक्लेका छन् । अघिल्लो महिना वसन्त ७४औं स्थानमा थिए ।

नयाँ वरीयताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया