भ्रष्टाचार नियन्त्रण गर्नेबाटै भ्रष्टाचार हुनु विडम्बनापूर्ण : राष्ट्रपति

news
फाइल तस्वीर ।

काठमाडौं, माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बनापूर्ण भएको बताएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनअपेक्षाअनुसार आयोगले अझै सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचारविरुद्धको महाअभियानमा सबैलाई शून्यसहनशीलता कायम गर्न आह्वान गर्दै भ्रष्टाचारीलाई कारबाही गर्नुभन्दा पनि भ्रष्टाचार हुनै नदिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

भ्रष्टाचारले जनताको सेवा प्राप्तीको अधिकार कुन्ठित भएको भन्दै उनले सचेतनामूलक कार्यक्रम चलाउनुपर्ने बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...