पुलिस बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

news

सुनसरी, माघ २८ । नेपाल पुलिस क्लब सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार क्वार्टरफाइनल खेलमा पोखराको सहारा क्लबलाई ‘सडनडेथ’मा ४–३ ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

धरान रंगशालामा भएको निर्धारित् ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय ‘टाइब्रेकर’बाट लिइएको थियो ।

खेलको ३३औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकामा ८४औं मिनेटमा सहाराका विश्व अधिकारीले पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए ।

टाइब्रेकरमा दुवै टोलीले २–२ प्रहारलाई गोलमा परिणत गर्न नसक्दा सडनडेथमा पुगेको खेलमा पुलिस विजयी भएको हो ।

निरकुमार राईले खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे ।

मंगलबार आयोजक धरान फुटबल क्लबले भारत, कोलकाताको टिमसँग खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले ८ लाख रुपैयाँ जित्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...