कांग्रेसमा महाधिवेशन प्रतिनिधि छनोट विवाद चर्कियो

news

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसभित्र केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सीधै प्रतिनिधि छनोट हुने कि नहुने भन्ने विवाद झनै चर्किएको छ ।

कांग्रेस केन्द्रीय समितिको सोमबार सानेपामा बसेको बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेन ।

गत बुधबार र बिहीबार बसेको बैठकमा सदस्यहरु दुई खेमामा विभाजित भएपछि बैठक सोमबार पुनः बोलाइएको थियो ।

गत पुस पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान राख्ने प्रतिबद्धता आएपनि केन्द्रीय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन नसकेको हो ।

महासमितिबाट पारित विधान संशोधनसहित अनुमोदनका बोलाइएको केन्द्रीय समिति पुनः पुरानै विषयमा अल्झिएको छ ।

बैठकमा पक्ष–विपक्षमा मत राख्दै सदस्यहरुले निर्वाचित भएर आउने प्रावधानले केन्द्रीय सभापति पराजित हुनसक्ने, लोकतान्त्रिक पार्टीमा निर्वाचन पद्धतिको विकास गर्नुपर्नेलगायत धारणा राख्दै आएका छन् ।

सोमबारको बैठकले नेपाल विद्यार्थी संघको कार्यसमितिबारेसमेत निर्णय लिने बताइएपनि कुनै टुंगो लाग्न सकेन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...