‘बी’ डिभिजन लिगः मध्यपुर र सातदोबाटो विजयी

news

काठमाडौं, माघ २८ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् सोमबार भएका खेलमा मध्यपुर युथ एसोसिएसन र सातदोबाटो युथ क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मध्यपुरले खुमलटार युथ क्लबलाई ३–२ ले हरायो ।

मध्यपुरका लागि सुवर्णविक्रम कार्की, कैलाश लामिछाने र विवेश गुरुङले एक/एक गोल गरे । खुमलटारका लागि दुवै गोल अभय राणाले गरेका थिए ।

त्यस्तै, अर्को खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ ले हरायो ।

सातदोबाटोका लागि दीपेश गुरुङ र रन्जन पुनले गोल गर्दा सुविज्ञ रेग्मीले श्रीकुमारीलाई सान्त्वना गोल दिलाए ।

लिग विजेताले ८ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...