नेप्से साढे १ अंकले सकारात्मक

news

काठमाडौं, माघ २८ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार नगन्य अंकले हरियो रहेर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे १ अंकले सकारात्मक रहेर ११ सय २८ कायम भएर थामियो ।

यसदिन अधिकांश समूह सकारात्मक रहे । यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च २४ अंकले बढ्यो ।

यस्तै, बैंकिङ, निर्जीवन बिमा समूह, विकास बैंक, लघुवित्त र  होटल समूह पनि दोहोरो अंकले उक्लिए । उत्पादनमूलक समूहमा ११ अंकको गिरावट आयो ।

यसदिन १६६ कम्पनीका ६ लाख ८७ हजार कित्ता सेयर जम्मा २० करोड २७ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया