नेपालमा वैदेशिक लगानीका लागि आग्रह

news

काठमाडौं, माघ २८ । नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषदका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा सुरु भएको आठौं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएको, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको बताएको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...