खोटाङको थामखर्क विमानस्थल सुचारु

news

खोटाङ, माघ २८ । खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भइ सन्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन् ।

खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रेलगायत स्तरोन्नतिको कामका लागि २०७३ चैत १३ गतेदेखि स्थगित भएको उडान विमानस्थल उद्घाटन भएसँग अब सुचारु हुने भएको छ ।

खोटाङ जिल्ला पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यस्थल भएको र खोटाङबासीको सुविधाको लागि पनि नियमित उडान आवश्यक भएकाले सातामा दुईओटा उडानको व्यवस्था मिलाइने मन्त्री अधिकारीले बताए ।

यसबाहेक, खोटाङ जिल्लामै रहेको लामीडाँडा विमानस्थल पनि आगामी दुई महिनाभित्रमा सन्चालनमा ल्याइसक्ने र खानीडाँडा विमानस्थल स्तरोन्नतिको काम पनि चाँडै सुरु गरिने मन्त्री अधिकारीले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया