बिहारको चुनावका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता

news

नवीन सिंह (इमेज)

जनकपुर, माघ २८ । भारतको बिहारमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल र भारतबीच सहमति भएको छ ।

सोमबार प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाममा नेपाल–भारत सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।

बैठकमा प्रदेशका चारओटै सुरक्षा निकायका प्रतिनिधि र भारत, बिहार, मधुवनीका डीएम र सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बिहारमा हुने निर्वाचनलाई मध्यनजर गर्दै आपराधिक क्रियाकलाप रोक्न दुवै देशबाट सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाउनुपर्नेबारे छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

बैठकमा प्रदेश नम्बर–२ का जिल्लाका सुरक्षा अधिकारीहरुले अवैधरुपमा भइरहेको लागुऔषधको कारोबारमा भारतीय पक्षले ध्यान दिनुपर्ने कुरा उठाएका थिए ।

भारतीय पक्षबाट भने नेपालबाट निर्वाधरुपमा भइरहेको मदिरा ओसार–पोसारमा कडाइ गर्न आग्रह गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...