न्यायाधीशहरु धमाधम काजमा तानिँदै

news

काठमाडौं, माघ २९ । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिवद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन् ।

सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन् । उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे काजमा परिषद बोलाइएका हुन् ।

दुईजनासँगै विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित आठ जना न्यायाधीश कारवाहीस्वरुप न्यायपरिषद तानिएका छन् ।

साढे ३३ किलो सुन प्रकरणसम्बन्धी मुद्दाको न्याय सम्पादनको क्रममा गलत देखिएको भन्दै न्यायाधीश काजमा तानिएका हुन् । –नागरिक दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...