अब एपबाटै चालकको निगरानी

news

काठमाडौं, माघ २९ । लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ ।

त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट आइतबारदेखि ‘ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा ल्याइएको छ ।

एपमार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एक चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउनेछ ।

लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एपमार्फत निगरानी थालिको प्रहरीको दावी छ । –कान्तिपुर दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया