छुरा प्रहार गरी महिलाको हत्या

news

इनरुवा, माघ २९ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । 

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् ।

लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् ।

हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया