गत वर्ष अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्या हालसम्मकै धेरै

news

लमजुङ, माघ २९ । सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ ।

सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांकले देखाएको छ । सन् २०१८ मा २९ हजार ४ सय ८० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङले जनाएको छ । यो संख्या पर्यटकको तथ्यांक राख्न थालिएको २२ वर्षको अवधिमा सबैभन्दा धेरै हो ।

सन् २०१७ मा २७ हजार ६८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । एक्याप मनाङका अनुसार सन् २०१६ मा २२ हजार १ सय ८ र सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक आएका थिए ।

सन् २०१६ मा भन्दा २०१७ मा २२ दशमलव ४७ प्रतिशतले पर्यटक वृद्धि भएको थियो ।

भारतीय नाकाबन्दी र भूकम्पका कारण सन् २०१५ मा भने सन् २०१४ को तुलनामा ३४ प्रतिशत पर्यटक आगमन घटेको थियो । सशस्त्र द्वन्द्वका समय ३० प्रतिशतसम्म पर्यटक आगमन घटेको थियो ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...