विधेयक पारित

news

काठमाडौं, माघ २९ । प्रतिनिधिसभाले नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

यसअघि कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐन संशोधान गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले संसद गठन भएको एक वर्षभित्र नेपालको संविधानसँग बाझिने कानुनलाई संविधानअनुकूल बनाउने संवैधानिक व्यवस्थाअनुरुप समितिबाट सर्वसम्मतिका आधारमा विधेयक सदनमा पेस गरिएको जानकारी दिए ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी फागुन ३ गते शुक्रबार दिनको ३ बजे बस्नेछ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया