भुटानको उग्येनलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

news

काठमाडौं, फागुन ४ । थ्रीस्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा भुटानको उग्येन एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको निर्धारित् समय १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा उग्येन एकेडेमीले यसी दोर्जेको गोलमार्फत् ६०औं मिनेटमा अग्रता बनाएको थियो ।

तर, त्यसको ५ मिनेटपछि थ्रीस्टारका मिक्छेन तामाङले बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलमा कुनै पक्षबाट गोल हुन सकेन र पेनाल्टी सुटआउटमा पुगेको थियो ।

नेपालबाट थ्रीस्टार र त्रिभुवन आर्मी क्लब प्रतियोगितामा सहभागी छन् ।

थ्रीस्टारले सेमिफाइलनमा युनाइटेड ब्रदर्स र रोयल फुटबल क्लब भारतबीचको विजेतासँग आइतबार खेल्नेछ ।

यसअघि, आर्मीले शुक्रबार भुटानको थिम्पु सिटीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

प्रतियोगितामा नेपालका दुई क्लब, भारतका चार क्लबसहित १२ क्लब सहभागी छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया