भारतले आक्रमण गरे सोच–विचारबिनै जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री

news

काठमाडौं, फागुन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने बताएका छन् ।

भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार ४० सुरक्षाकर्मीको मृत्यु हुनेगरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाइरहँदा पाकिस्तानी प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो ।

मंगलबार एक सम्बोधनमार्फत् उनले भारतले बिनाप्रमाण पाकिस्तानमाथि आरोप लगाएको दाबी गरे ।

‘पाकिस्तान स्थायित्वतर्फ अघि बढिरहेका बेला भारतले बिनाआधार किन आरोप लगाइरहेको छ ?’ भन्दै पाकिस्तानी प्रधानमन्त्रीले प्रश्न गरे ।

पाकिस्तानी भूमिको प्रयोग गरेर कुनैपनि आक्रमण गरिए त्यो आफूहरुको पनि शत्रु भएकाले पाकिस्तानमै आएर जाँच गर्नसमेत उनले आग्रह गरे ।

प्रधानमन्त्री खानले छलफलबाट सबै विषयको समाधान निकाल्न सकिने भएकाले कश्मिरको विषयमा छलफल गर्न भारतलाई आमन्त्रणसमेत गरे । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...