सम्झौता विपरीत बालुवा उत्खनन् गरेको भन्दै विरोधमा उत्रिए स्थानीयवासी

news

काभ्रे, फागुन ११ । काभ्रेको तेमाल गाउँपालिकास्थित सुनकोसी र चिउरी नदीको बगरमा सम्झौता विपरीत बालुवा उत्खनन् गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

मापदण्ड विपरीत नदीजन्य बस्तु उत्खनन् गर्दा सामुदायिक धरोहर लगायत ६२ घर धुरी जोखिममा रहेको भन्दै निर्माण कम्पनीविरुद्ध स्थानीयवासी  विरोधमा उत्रिएका हुन् । दुवाकोट कन्स्ट्रक्सन एवं शालीनदी निर्माण सेवा प्रा.लि. कम्पनीले टेन्डर पाएका छन् ।

उता, दुवाकोट कन्स्ट्रक्सनका सञ्चालकले कानुनी रुपबाट काम गर्दा पनि स्थानीयले अवरोध गरेको आरोप लगाउँदै स्थानीयबिरुद्ध प्रहरीमा किटानी जाहेरी गरेका छन् ।

त्यस्तै तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले भने सम्झौतामा डोजर चलाउने सहमति नभएको जानकारी दिए । तर निर्माण कम्पनीले भने स्काभेटर प्रयोग गरेको स्थानीयले बताएका छन् । 

मापदण्डमा ९२ सेन्टिमिटरमा उत्खनन् गर्नुपर्ने भए पनि कन्ट्रसक्नले १० मिटर उत्खनन् गरेको त्यसैगरी बिहान ६ बजेदेखि साँझको ६ बजेसम्म काम गर्ने भनिए पनि बिहान ३ बजेदेखि रातको १२ बजेसम्म स्काभेटर प्रयोग गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...