शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १ खर्ब ३५ अर्ब, काम कति ? (भिडियो)

news

काठमाडौं, फागुन ११ । सबैभन्दा बढी बजेट पाउने मन्त्रालयमध्येको एक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल गर्न सकेन । चालू आर्थिक वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ बजेट पाएको मन्त्रालयले कानुनी र नीतिगत सुधारका लागि केही काम गरेको भए पनि शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा भने खासै काम गर्न सकेन ।

बरु यो मन्त्रालयले धेरै समय चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका गोविन्द केसीकै पछि लागेर बिताएको छ ।

मन्त्रालयको नेतृत्व सम्हालदेखि नै शिक्षामन्त्री गिरिराजमणि पोखरेल सबै बालबालिकालाई विद्यालय भर्ना गराउन निकै तामझामका साथ भर्ना अभियानमा सहभागी भए । प्रधानमन्त्रीदेखि लिएर राज्यका उच्चतहका व्यक्तिहरुले समेत एक–एक जना बालबालिकाको जिम्मा लिएर भर्ना अभियान शुरु गरिएको थियो । तर ६० हजार वालबालिका अझै विद्यालय बाहिर नै छन् ।

योभन्दा डरलाग्दो तथ्यांक त के छ भने विद्यालय भर्ना अभियान अन्तरगत भर्ना भएका २ लाख ५४ हजार बालबालिका विद्यालय आउन नै छाडिसके । राजनीतिक दलका शीर्ष नेताहरुले अभिभावकत्व ग्रहण गरेका कतिपय बालबालिकाको अवस्था पनि पुरानै हालतमा पुगिसकेको तथ्यांक छ । 

यस मन्त्रालयको वार्षिक समीक्षा भिडियोमा हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...