सीमानाका खुलाउन भएको प्रदर्शनमा दुई जनाको मृत्यु

news

भेनेजुएला, फागुन ११ । भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । 

ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । सरकारले बन्द गरेको नाकाबाट सामान ल्याउन खोज्नेहरुमाथि सुरक्षाकर्मीले कारबाही गरेका हुन् ।

राष्ट्रपति निकोलस मदुरोले अमेरिकालगायतका देशले दिएको मानवीय सहायता भित्रिन नदिन ब्राजिलसँगको सीमानाका बन्द गर्ने घोषणा गरेका थिए ।

राष्ट्रपतिले नाका बन्द गरेपछि आक्रोसित भएकाहरुले नाका खोल्ने प्रयास गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोले अमेरिकालगायतका युरोपेली मुलुकसँग मानवीय सहायताको अपील गरेका थिए । सोहीबमोजिम अमेरिकाले मानवीय सहायता सीमावर्ती क्षेत्रसम्म पुर्‍याएको छ । तर ती सामग्री भेनेजुएला प्रवेश गर्न दिइएको छैन । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया