ताप्लेजुङका गाउँबस्ती सडक सञ्जालले जोडिँदै

news

ताप्लेजुङ, फागुन ११ । दुर्गम जिल्ला ताप्लेजुङका गाउँबस्ती पनि सडक सञ्जालले जोडिन थालेका छन् ।

मुलुककै तेस्रो ठूलो जिल्ला ताप्लेजुङका दुर्गम गाउँहरु सडक सञ्जालले जोडिन थालेसँगै स्थानीयको जनजीवन केही सहज बनेको छ । गाउँपालिकामा पनि सडक विस्तारको काम तीव्रताका साथ भइरहेको छ । ताप्लेजुङका नौ स्थानीय तहको कुल विकास बजेटको ६५ प्रतिशत बढी बजेट सडकमै लगाइएको छ ।

संघीय र प्रदेश सांसदले पनि अधिकांश बजेट सडकमै लगाएका छन् । तर अधिकांश सडकहरु वातावणीय अध्ययन तथा योजनाबिनै खनिएका कारण पहिरोको जोखिम बढ्ने, गुणस्तरीय नहुने तथा पानीका मुहानहरु सुक्नेजस्ता समस्या देखिन थालेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया