सिस्नोबाट कपडा बनाएर आम्दानी (भिडियो)

news

डम्बर बुढामगर

बागलुङ, फागुन ११ । बागलुङको ताराखोलाका स्थानीय महिला उद्यमीले त्यत्तिकै सुकेर जाने सिस्नोलाई उत्पादनसँग जोडेका छन् । यस क्षेत्रमा पर्याप्त पाइने सिस्नोलाई उपयोग गरी धागो र कपडा उत्पादन गर्न थालेसँगै यसको महत्व झन् उजागर भएको छ ।

शरीरमा छुनासाथ भत्भती पोल्ने सिस्नोको बोट कतै वरपर देखियो भने जरैबाट उखेलेर फ्ँयाक्ने गर्दछन् । तर यहीँ सिस्नोबाट धागो उत्पादन गरेर बागलुङ तारखोलाका उद्यमीले आयआर्जनको माध्यम बनाएका छन् ।

जंगल खोल्खाखोल्सीमा पाइने सिस्नोबाट बनेका कपडाहरु मुलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा राम्रो हुने भएकाले यसको माग पनि राम्रै देखिन्छ । परम्परागत रुपमा पुर्खाहरुले भाँगो, चाल्ने सिस्नु लगायतका बनस्पतिबाट डोरी, नाम्ला तथा दाम्लाजस्ता सामाग्री निमाण गरे पनि अहिले यसबाट कपडा उत्पादन गर्न थालिएको स्थानीय उद्यमी सपना बुढाथोकीको भनाइ छ ।

सामूहिक रुपमा १४ जना महिलाहरुले यसको लागि दैनिक तीन घन्टा काम गर्ने गरेका छन् । समूहमा संकलन हुने सिस्नोबाट धागो उत्पादन गरेर राख्ने महिलाहरुले माग अनुसार विभिन्न कपडाहरु समेत तयार गर्ने गरेको समूहकी अध्यक्ष जस्मती रोका बताउँछिन् ।

अल्लोबाट निर्मित कपडा प्रतिमिटर चार सय रुपैयाँ, हाफ सुइटरको दुई हजार रुपैयाँ, पुरा साइजको सुइटरको तीन हजार रुपैयाँ र प्रतिकेजी धागोको पन्ध्र सय रुपैयाँ मूल्य पर्ने गरेको छ । स्थानीय महिलाहरुले समूह बनाएर स्थानीय बनस्पतीको सदुपयोग गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ ।

स्थानीय रुपमा उपलब्ध यस्ता स्रोतको भरपुर उपयोग गरेर उत्पादनमुखी बन्न आवश्यक छ । 

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया