९२ वर्षीय यी बृद्ध पहाड खोस्रिएर बनाइरहेछन् कलाकृति (भिडियो)

news

इलाम, फागुन ११ । इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीका ९२ वर्षीय डम्बरसिंह सुनुवारले ५० वर्षदेखि अनवरत रुपमा पहाड खोस्रिरहेका छन् । २०१८ सालमा राजनीतिक उथलपुथलका कारण सन्तानवियोगले विक्षिप्त बनेको उनको जीवन एकाएक सिर्जनशीलतातर्फ मोडिन पुग्यो ।

२०१८ साल माघ २ गते सुरक्षा फौजले विद्रोहीलाई प्रहार गरेको टुइचबम आँगनमा खेलिरहेका दुई छोराछोरीमाथि प्रहार हुँदा डम्बरबहादुरको सबै खुसी खोसियो । जीवनमा परेकोे यस बज्रपातबाट सम्हालिन उनले आफूलाई सिर्जनकर्मतिर लगाए ।

देउराली बजारबाट केही माथि डाँडाको एउटा कुनामा बाँस र खरले बनाइएको सानो झुप्रोमा उनी भेटिन्छन्, या त सिंगो पहाडमा विभिन्न कलाकृति भर्दै गरेका भेटिन्छन् । अनेक उतारचढाव र दुःखका झ्याङ पन्छाउँदै उनको जीवनले उमेरले ९ दशक पार गरिसक्यो । अझै पनि उही आत्मविश्वास र दृढ इच्छाशक्ति बोकेर बिहान झिसमिसेदेखि साँझसम्म माटो कोट्याउने र ढुङ्गा कुद्ने काम पाँच दशकदेखि अविराम गरिरहेका छन् । 

भिडियोमा हेर्नुहोस् उनको कथाव्यथा र कलाकृति

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया