प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मोत्सव

news

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् ।

बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले भने अम्बाको विरुवा रोपेकी छन् ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाए ।

प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया