‘माल्टोजिङ’ हर्लिक्स बजारमा

news

काठमाडौं, फागुन ११ । इन्सट्यान्ट मिल्स प्रालिले ‘माल्टोजिङ’ हर्लिक्स बजारमा ल्याएको छ ।

चौधरी ग्रुपअन्तर्गत्को बीएलसी होल्डिङ्सअन्तर्गत् इन्सट्यान्ट मिल्स प्रालिको उत्पादन र प्रवर्द्धनमा चौधरी ग्रुपले उक्त हर्लिक्स बजारमा ल्याएको हो ।

कम्पनीले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो वस्तुबारे जानकारी दिँदै बजार प्रवेश गराएको जनाएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक पारस शाक्यले माल्टोजिङ हर्लिक्सले कुपोषण तथा पुड्कोपन समस्यालाई पनि समाधान गर्ने अभिप्रायले उत्पादन गरेकोे दाबी गरे ।

यसको प्रतिबजार मूल्य ३५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया