अमेरिका र उत्तर कोरिया ऐतिहासिक सम्झौता गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीच ऐतिहासिक सम्झौता हुने जनाए पनि त्यसको विस्तृत विवरण खुलाएका छैनन् ।

news

सिंगापुर, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुर भएको भएको शिखरवार्ता उपलब्धिमुलक बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको छलफलपछि बैठक सोचेभन्दा राम्रो र सुखद् रहेको प्रतिक्रिया दिएका छन् । उनले दुई मुलुकबीच ऐतिहासिक सम्झौता हुने जनाए पनि त्यसको विस्तृत विवरण खुलाएका छैनन् ।

मंगलबार बिहान दुवै नेताले ‘वान टु वान’ वार्ता गरेका थिए । लगत्तै दुवै नेता आ–आफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिखर वार्तामा सहभागी भए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम दिवाभोजमा सँगै सहभागी भएको जनाइएको छ ।

विश्व इतिहासमै अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक भेटवार्ता भएको हो । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया