खैरेनीका युवा अनिष पुरीको रड र ढुंगाले हानेर हत्या

news

वुटवल । बुटवलको देवदह नगरपालिका–५ खैरेनीका युवा अनिष पुरीको हत्याको रहस्य खुल्दै गएको छ ।

आइतबार साँंझ करिब ८ बजे तिर देवदह नगरपालिका–९ बुद्ध नगरमा पुरी सामुुहिक आक्रमणमा परि मारिएका थिए । अनिष पुरीकोे स्थानीय युवाहरुको समुहले रड र ढुंगाले हानेर हत्या गरेको खुल्दै गएको छ ।

अनिषलाई एक परिचित युवाले फोन गरेर बुद्ध नगरमा बोलाएको र त्यहाँ पुगेका पुरीमाथी १०/१२ जनाको समुहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

आक्रमणबाट बच्न भाग्दाभाग्दै करिव २ सय मिटर पर पुगेका पुरी पुर्व पश्चिम राजमार्गको किनारमा रहेको पेट्रोल पम्पमा पुगेपछि लडेका थिए ।

पेट्रोल पम्पमा लडेका उनलाई स्थानीयले उद्दार गरी देवदह मेडिकल कलेज पुर्‍याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

केही दिन अघिदेखि लागि रहेको व्यापार मेलाको विषयमा देवदहको खैरेनी र बुद्ध नगरका युवाहरुका बिचमा विवाद हुँदै आएको थियो ।

देवदह उद्योग बाणिज्य संघले बुद्धनगरमा मेला आयोजना गरेको र उक्त मेलामा खैरेनीका युवाहरुको हालीमुहाली चलेको भन्दै युवाहरुका बिचमा २/३ दिन यता तनाव उत्पन्न भएको थियो ।

आइतबार दिउँसो मेला स्थलभित्रैै दुई समुहका बीच झडपको अवस्था आएको थियो ।

तर आयोजक र सुरक्षा निकायका सकृयताका कारण झडप हुन नपाएको स्थानीयले बताएका छन् । को शक्तिशाली हुने भन्ने होडबाजीले खैरेनीका युवाको ज्यान गएको हो

आक्रमणमा संलग्नहरुको पहिचान भई सकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अनिषको मृत्युको खवर पाउनासाथ बेहोस भएका वुवा लोमस पुरी र आमा शोभा पुरीको बुटवल स्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचार भइरहेको छ ।

मृतक अनिषको सव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया