नेपालमा ३० लाख व्यक्तिको मिर्गौला बिग्रदो अवस्थामा

news

काठमाडौं । स्वस्थ मिर्गाैला सवैका लागि सवै ठाउँमा भन्ने नारकासाथ विश्व मिर्गौला दिवम मनाइने भएको छ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्र र सुमेरु अस्पतालले आज ललितपुरमा पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट बच्ने उपाय र उपचार पद्धतिको बारेमा जानकारी गराएको छ ।

नेपालमा हाल ३० लाख व्यक्तिको मिर्गौला बिग्रिरहेको जानकारी पत्रकार सम्मेलनमा गराइयो ।

मिर्गौला रोगको अन्तिम अवस्थामा पुगेका बिरामीहरुलाई डायलाईसिस गरिने गरीएको भन्दै डाक्टर ऋषिकुमार काफ्लेले नेपालमा मिर्गौला रोगीहरुको अवस्था भयावह रहेको बताए ।

उनले मिर्गौला स्वस्थ राख्न नियमित व्यायाम गर्ने, सुर्ती, खैनी, चुरोटको अम्मल त्याग्ने, रक्तचाप ठिक राख्ने, स्वस्थकर खाना खाने र नियमिति स्वास्थ्य परिक्षण गर्न सुझाव दिए ।

मिर्गौला रोग लागेपछि निको हुने नभई रोकथाम मात्र गर्न सकिने भएकाले रोग लाग्न नदिन पूर्वसावधानी अपनाउनु पर्ने डा. काफ्लेले बताए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया