हत्या सार्वजनिक नहुँदै हत्याको अभियोगमा पक्राउ

news

-डीवि विष्ट/ईमेज

बझाङ । मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गर्‍यो एक जना व्यक्तीले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिंडिरहेको जानकारी गराएपछि प्रहरी चनाखो भयो ।

पछ्याउँदै गएको प्रहरीले एकजना शंकास्पद मानिसलाई सदरमुकाम नजिकै रहेको बाहुलीगाड पुलमा भेट्यो । प्रहरी देखेपछि पुलको छेउबाट हामफाल्दै भाग्न खोज्ने ति व्यक्तिलाई राती १२ बजेतिर प्रहरीले पक्राउ ग¥यो । पक्राउ पर्ने व्यक्ति थिए सुर्मा गाउँपालिका–१ दौलीचौरका २५ बर्षिय दर्पन बोहरा ।

मदिराको मातमा रहेका बोहराले राती कतै घटना घटाउन सक्छ भन्ने आशंकामा प्रहरीले उनलाई हिरासत मै राखेको थियो । बुधबार विहानै सदरमुकाम कै चौगाउँ टोलमा एक जना युवकको शव भेटियो ।

विच सडकमा रक्ताम्मे अवस्थामा भेटिएको शव पनि सुर्मा १ दौलीचौरकै ३५ बर्षका धर्क बहादुर बोहराको थियो । विच सदरमुकाममा हत्या भएको घटनाले एकाएक सदरमुकाममा सन्त्रास फैलियो ।

जिल्लाको शान्ती सुरक्षाप्रति प्रश्न उठाउँदै पीडितका आफ्न्त र सदरमुकामबासीहरु जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले । हत्याको घटनाले चैनपुर अशान्त र त्रसित बन्यो ।

यता प्रहरीलाई तत्काल अनुसंन्धान गरेर हत्यारा सार्वजनिक गर्नुपर्ने चुनौती थियो । चैनपुरमा घटनास्थलको सर्जिमिन मुचुल्का हुँदै गर्दा डिएसपी प्रविण धिताल हत्या पछि हुन सक्ने सम्भावित विरोध, सदरमुकामको सुरक्षा र सम्भावित अपराधीको बारेमा छलफल गर्दैगर्दा राती पक्राउ परेका दर्पन तिर पुग्यो ।

‘मदिरा खाई हल्ला गरेको विषयमा एक दिन भन्दा बढी थुन्न मिल्दैन । १० बजे तिर हामी उनलाई छोड्ने तयारीमा थियांै । कतै उसैले घटना गरेको हो की भन्ने शंका लागेर सोधपुछ ग¥यौ’ धितालले भने ‘नभन्दै उसको लुुगामा रगतका टाटा देखिए । हत्याको कुरा गर्ने वित्तिकै उ आतियो । केही बेरमै हत्या स्विकार गर्‍यो ।’

यसरी घटना सार्वजनिक हुनुपुर्व नै अपराधी हिरासतमा पुगेको थाहा पाएपछि आफु अच्चमित भएका डिएसपीले भने ।

‘मेरो करियरको अवधीमा यस्तो संयोज जुरेको पहिलो पटक हो । घटना सार्वजनिक भएको २ घण्टा भित्रै अभियुक्त पक्राउ परेको खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा भइरहेको तनाव समेत साम्य भएको थियो ।

प्रहरीलाई तल्काल हत्यारा पक्ता लगाउन चुनौती भैरहेको बेलामा अभियुक्त प्रहरी हिराशत मै भेटिए पछि आफुहरुलाई निकै राहत महसुस भएको धितालले प्रतिक्रिया दिए ।

हत्या स्विकार गरेका दर्पनले यार्साको रकम लेनदेनको विषयमा विवाद भएपछि ढुङ्गाले हानेर मारेको स्विकार गरेका डिएसपी धितालले बताए ।

मृतक र आफुले मंगलबार साँझबाट नै सँगै मदिरा सेवन गरेको बताउने दर्पणले रक्सी खाने क्रममा रकम लेनदेनको कुरा उठेको बताएको प्रहरीले जनाएको छ ।

आफुले यार्साको रकम माग्न थाले पछि धर्क त्यहाँबाट भागेको र उसलाई लखेट्दै गएर ढुङ्गाले हानेपछि ढलेको कुरा दर्पणले बताएका छन ।

‘दुबै जनाले अत्याधिक मात्रामा मदिरा सेवन गरेका रहेछन । मृतक मातेर भाग्नै नसक्ने अवस्था भएका कारण पनि ढुङ्गाले हानेर हत्या गर्न सजिलो भएको देखिएको छ’ डिएसपी धितालले भने ।

हत्या स्वीकार गरेका दर्पण माथी थप अनुसन्धान भैरहेको र छिटै आवश्यक प्रमाण सहित अदालत पेश गरिने उनले बताए ।

यसैको अनुसन्धानका लागि कैलालीबाट समेत विषेश कुकुर बझाङ जिल्लामा पुर्याएको थियो । गएराति अनुसन्धान गर्ने क्रममा उक्त कुकुरले समेत जुन ठाँउ बाट संकास्पद ब्यक्ति समातिएको थियो । त्यो ठाउँसम्म कुकुर सुघ्दै पुगेको डिएसपी धितालले बताए । यस बाट समेत थप पुष्टि भएको प्रहरीको भनाई छ । 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...