‘प्रत्येक पालिकामा दन्त चिकित्सक पठाउने तयारी’

news

काठमाडौं, फागुन ३० । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले प्रत्येक पालिकामा दन्त चिकित्सक पठाउने तयारी भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल डेन्टल एसोसिएसनले गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले मुख स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेर नै पालिकाहरुमा दन्त चिकित्सकको व्यवस्था गर्न लागेको जानकारी दिए ।

चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका निमित्त उपकुलपति डा. सुबोध अधिकारीले वीर अस्पतालमा आफ्नै डेन्टल ल्याब नभएका कारण समस्या भएकाले यसतर्फ सरकारले ध्यान दिन आग्रह गरे ।

मार्च २० तारिखको विश्व मुख स्वास्थ्य दिवसका अवसर पारेर नेपाल डेन्टल एसोसिएसनले एकहप्ते जनचेतनामूलक कार्यक्रम गर्दैछ ।

नेपालमा हाल मेडिकल काउन्सिलमा तीन हजार ४०० दन्त चिकित्सक दर्ता छन् भने वर्षेनि ९०० उत्पादन हुने गरेको तथ्यांक छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया