बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त्

news

सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई बर्खास्त गरिएको छ ।
प्रतिष्ठानका सहकुलपतिसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई पदबाट हटाएका हुन् । रौनियारलाई हटाउनेसम्बन्धि निर्णयमा प्रधानमन्त्रीले बुधवार नै गरेपनि लागु भने विहीवारदेखि हुनेछ । 
यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति (सिनेट) बैठकले सर्वसम्मतिबाट डा. रौनियारलाई हटाउने निर्णय गरेको थियो । सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
सिनेट बैठकको निर्णय कार्यान्वयन गर्न सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने र त्यसैका आधारमा निर्णय हुने गर्दछ ।
रौनियारविरुद्ध आर्थिक अनियमितताको जाँच गरी कार्वाही थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया