दाउफिन्स माइभ्याली गोल्डकपको सेमिफाइनलमा

news

इलाम, फागुन ३० । क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो ।

खेलको १४औं मिनेटमा मिसिकको हेडगोलमार्फत् दाउफिन्सले अग्रता लिएको थियो ।

२०औं मिनेटमा मिसिकेकै क्रसपासलाई सदुपयोग गर्दै दाउफिन्सका पेटेंगाले टिमका लागि दोस्रो गोल गरे ।

पेटेंगाले नै खेलको ६२औं मिनेटमा अर्को गोल गर्दै दाउफिन्सलाई शानदार जित दिलाए ।

सशस्त्रका हरि कार्कीले ३५औं एक सान्त्वना गोल फर्काएका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ दाउफिन्सका पेटेंगा घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी  क्लब र मेची नेत्रालय झापाबीच प्रतिस्पर्धा हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...