कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा विदेशी लगानी खुला नगर्न महासंघको आग्रह

news

काठमाडौं, फागुन ३० । नेपाल उद्योग वाणिज्य महासंघले लघुउद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्नेगरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन आग्रह गरेको छ ।

महासंघले लघुउद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादनलगायतमा विदेशी लगानी ल्याउनु नहुने जनाएको छ ।

यस्तै, शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु इ–कमर्स, कार्गो व्यवसायजस्ता सेवा क्षेत्रलाई पनि विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नुपर्ने सुझाव महासंघले दिएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसदमा विचाराधीन अवस्थामा छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...