जंगीअड्डाको पुनःनिर्माण ९९ प्रतिशत सम्पन्न

news

काठमाडौं, फागुन ३० । नेपाली सेनाकोे मुख्यालय जंगीअड्डाको पुनःनिर्माण ९९ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणकाक्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगीअड्डाको निरीक्षण गर्नेक्रममा उक्त जानकारी गराइएको हो ।

ज्ञवालीले भूकम्पबाट क्षति भएका नेपाली सेनाका सबै संरचनाहरु सुरक्षितरुपमा पुनःनिर्माण गर्न आग्रह गरे ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जंगीअड्डालगायतका संरचनाहरुको पुनःनिर्माण भइरहेको बताउँदै आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी जंगीअड्डाको पुनःनिर्माणकार्य भइरहेको जानकारी दिए ।

उनले पुनःनिर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाहरुको पुनःनिर्माण सम्पन्न हुने पनि बताए ।

२०७३ साल पुसदेखि नेपाली सेनाको जंगीअड्डाको पुनःनिर्माण सुरु गरिएको थियो ।

प्रधान कार्यालयमा ४७ ओटा कार्यालयहरु रहनेछन् । जंगीअड्डाको पुनःनिर्माण तीन अर्ब ४९ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया