युरोपा लिग फुटबल : चेल्सी क्वाटरफाइनलमा प्रवेश

news

काठमाडौं, चैत १ । युक्रेनको डाईनामो किभलाई हराउँदै इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा चेल्सीले डाईनामो किभलाई उसैको मैदानमा ५–० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गर्दा मार्कस अलन्सो र हड्जन ओडोईले एक–एक गोल गरे ।

पहिलो लेगको खेलमा ३–० ले विजयी भएको चेल्सी गएरातिको खेलपछि समग्रमा ८–० ले विजयी भयो ।

युरोपा लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको रेनेजलाई ३–० ले हराउँदै इंग्ल्यान्डको आर्सनल पनि क्वाटरफाइनलमा प्रवेश ग¥यो । पहिलो लेगको खेल ३–१ ले हारेको आर्सनलले गएरातिको जितपछि समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पारेको हो ।

गएराति भएका अन्य खेलमा विजयी हुँदै स्पेनको भ्यालेन्सिया र भियारियाल, ईटालीको नापोली, जर्मनीको आईन्त्राच फ्र्यांकफर्ट, पोर्चुगलको बेनिफिका र चेक गणतन्त्रको स्लाभिया प्राग पनि क्वाटरफाइनलमा पुगेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया