गाईपालनबाट मासिक ७० हजार रुपैयाँ आम्दानी

news

पाँचथर, चैत १ । पाँचथरको फिदिम नगरपालिका वडा नं. २ की वडासदस्य रमा पौड्यालले गाईपालनबाटै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् ।

पौड्यालले गाईपालन गरी दूध बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् । तीन वर्षअघि तत्कालिन जिल्ला पशु सेवा कार्यालय पाँचथरमा चाँदनी गाई फर्म दर्ता गरेर गाईपालन गर्न थालेकी पौड्यालले दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएकी छन् । उनको गाई फार्ममा दूध किन्न डेरी सञ्चालकहरु पुग्ने गरेका छन् ।

उन्नत जातका गाई पालेर समाजमा उदाहरणीय बन्दासमेत सरकारी निकायबाट भने कुनै सहयोग नपाएको उनको गुनासो छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया