‘विप्लव’सँग वार्ता गर्न आग्रह

news
फाइल तस्वीर ।

काठमाडौं, चैत १ । शान्तिका लागि साझा अभियान (कोक्याप)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

कोक्यापले शुक्रबार विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात् लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

सो पार्टीले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोट गराउनेजस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको कोक्यापको भनाइ छ ।

लोकतान्त्रिक संविधानमार्फत् जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्ने कोक्यापको जोड छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...