भृकुटीमन्डपमा राप्रपाको सभा (११ तस्वीर)

news

काठमाडौं, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको भृकुटीमन्डपमा आमसभा गरेको छ ।

राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को समापनमा मूल सडकमा सभा आयोजना गरिएको हो ।

सभालाई अध्यक्ष कमल थापासहित सो पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा विभिन्न झाँकीहरु प्रस्तुत् गरिएको थियो । राप्रपाका नेता–कार्यकर्ता, सुभेच्छुकलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची–महाकाली यात्रा सुरु गरेको थियो । शुक्रबार भक्तपुरको सूर्यविनायक हुँदै भृकुटीमन्डपमा पुगेर समापनसभा गरिएको हो ।

पार्टीले विभिन्न माग राख्दै मेची–महाकाली यात्रा सुरू गरेको थियो । यात्राकाक्रममा दुई हजार ८१० किलोमिटर दूरी पार गरेको जनाइएको छ ।

भृकुटीमन्डपमा भएको सभाका केही तस्वीरहरु हेर्नोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया