२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक बिदा

news

काठमाडौं, चैत १ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरि बिदा हुनेगरी जम्मा १५ दिनमात्र सार्वजनिक बिदा दिएको हो ।

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागिपनि सार्वजनिक बिदा दिएको छ । जसमा काठमाडौं उपत्यकामा चारओटा जात्रामा बिदा दिइएको छ ।

जसमा गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्रा रहेका छन् ।

त्यस्तै, किराँत धर्मावलम्बीहरुलाई फाल्गुनन्द जयन्तीमा, गुरु नानक जयन्तीमा नेपाली शिख धर्मावलम्बीलाई बिदा दिइएको छ ।

किराँत, राई, याख्या, सुनुवार, लिम्बू जातिले उभौली पर्व–चन्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन बिदा पाउनेछन् ।

किराँत समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हीमा पनि उनीहरुलाई सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन र मधेसमा छठ पर्वका दिन बिदा हुनेछ ।

इस्लाम धर्मावलम्बीहरुले इद र इदुल जोहाका दिन बिदा पाउनेछन् ।

इसाइ धर्मावलम्बीलाई ‘क्रिसमस डे’मा बिदा हुनेछ ।

गुरुङ समुदायले तमु ल्होसारमा, माघे संक्रान्तिमा थारु, मगर, छन्त्याल जातिलाई बिदा दिइएको छ ।

तामाङ समुदायले सोनम ल्होसारमा बिदा पाउनेछन् ।

हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन बिदा पाउनेछन् ।

त्यस्तै, झापा, मोरङ सुनसरी, सिरहा, सप्तरी जिल्लाहरुमा सिरुवा पावनी पर्व मनाइने दिन बिदा दिइएको छ ।

वैशाख महिनामा सरकारले नयाँवर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

महिला कर्मचारीहरुलाई तीजका दिन सार्वजनिक बिदा दिइएको छ ।

जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले पनि बिदा पाउनेछन् ।

त्यस्तै, अपांगता भएका कर्मचारीलाई अन्तर्राष्ट्रिय अपांगता दिवसमा बिदा दिइएको छ ।

शिक्षण संस्थाहरुमा श्रीपञ्चमीको दिनपनि बिदा दिइएको छ ।

२०७६ सालको सार्वजनिक बिदा (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया