राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

news

काठमाडौं, चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दी स्ट्याटस अफ वुमन’को ‘वुमन इन पावर’ विषयक पाँचदिने कार्यक्रममा भाग लिएर स्वदेश फर्किएकी हुन् ।

उनले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरी राष्ट्रसंघका महासचिवलगायतसँग भेटवार्तासमेत गरेकी थिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया