राष्ट्रपति भण्डारीका लागि बिच्छ्याइएको ‘रेड कार्पेट’मा जब सर्प घस्रियो... (भिडियो)

news

काठमाडौं, चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्कनु केहीबेरअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा रोचक दृष्य देखियो ।

उनको स्वागतका लागि विमानस्थलको भीभीआइपी क्षेत्रमा रातो कार्पेट बिच्छ्याइएको थियो ।

राष्ट्रपति भण्डारी आउनुअघि रातो कार्पेटमा एक्कासि ‘धामन’ सर्प देखियो ।

विशिष्ठ व्यक्ति राष्ट्रपतिको स्वागतका लागि आउनेक्रम जारी रहेका बेला यो सर्प देखिएको थियो ।

रातो कार्पेटमा सर्प देखापरेपछि सुरक्षाकर्मी र पत्रकारहरुले त्यसलाई सुरक्षितरुपमा पाखा लगाएका थिए ।

भिडियो हेर्नुहोस् 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया