हाम्रो माग सम्बोधन नगरे आन्दोलनमा जान्छौं : कमल थापा

news

काठमाडौं, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबार सकिएको छ ।

दुई हप्ताअघि ताप्लेजुङबाट सुरु भएको स्वाभिमान यात्राकाक्रममा राप्रपाले विभिन्न जिल्लामा कोणसभा गर्दै हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयताकाबारेमा जनमतसंग्रह गर्नेलगायतका एजेन्डाबारे आफ्नो धारणा राखेको थियो ।

शुक्रबार काठमाडौंमा आयोजित स्वाभिमान यात्रा समापन समारोहमा बोल्दै  राप्रपाका नेताहरुले विगतको गल्ती–कमजोरीलाई सच्याएर हिन्दूराष्ट्र र राजसंस्थाको स्थापनाका लागि जस्तोसुकै कठिन संघर्ष गर्नपनि आफूहरु रहेको बताएका छन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले सरकार विखन्डनकारीलाई प्रश्रय दिन लागेको आरोप लगाए ।

उनले सरकारले आफूहरुको माग सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनी दिए ।

नेता बुद्धिमान तामाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएर विखन्डनकारी सीके राउतलाई ‘रेड कार्पेट’ बिच्छ्याउनु दुर्भाग्य भएको भन्दै हिजोको माओवादी द्वन्द्वको औचित्य के छ ? भनेर गम्भीर प्रश्न खडा भएको बताए ।

राप्रपाले गएको फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर २२ बुँदे मागपत्र बुझाएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...